सैलुङमा पर्यटन सूचना केन्द्र स्थापना गछौंः अध्यक्ष मोक्तान



३० चैत्र, रामेछाप ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले पर्यटकीय क्षेत्र सैलुङमा आगामी दिनमा पर्यटन सूचना केन्द्रको स्थापना गर्ने बताएका छन् । उनले आगामी वैशाक १३, १४ र १५ गते हुने सैलुङ महोत्सव लगत्तै पर्यटन सूचना केन्द्र स्थापनाको काम अगाडि बढाउने बताएका हुन् ।


रामेछाप र दोलखाको संगमस्थल सैलुङ धार्मिक तथा पर्यटकीय रुपमा परिचित छ । सैलुङ आउने आन्तरिक एवं बाह्य पर्यटकलाई आफ्नो सैलुङभित्र पर्ने धार्मिक एवं पर्यटकीइस्थलको भ्रमण÷अवलोकन गराउन पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ ।


सैलुङ महोत्सवको तयारीमा आफूहरु जुटेको बताउदै अध्यक्ष मोक्तानले रामेछाप न्युजसँग भने,‘सैलुङ क्षेत्रको विकासको लागि महोत्सव ऐतिहासिक हुनेछ ।’ सैलुङ महोत्सवले हालै घोषणा भएको पर्यटन गन्तव्य गाउँ दोरम्बाको समेत विकासमा टुवा पुग्ने बताए । सैलुङ क्षेत्रको विकास गर्न भौतिक पूर्वाधार निर्माणमा काममा गाउँपालिकाले योजना बनाएको बताउदै आगामी दिनमा सैलुङलाई विकसित बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्