लुक्लाबाट मन्थली उडने क्रममा विमान दुर्घटनाः तीन जनाको निधन



१ वैशाक, काठमाडौं ।
सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान लुक्ला विमानस्थलबाट मन्थलीको लागि उडान भर्ने क्रममा समिट एयर चिप्लिएर हेलिकोप्टरमा ठोकिदा दुर्घटना भएको हो । विमान दुर्घटना हुँदा कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का र असइ रुद्र बहादुर श्रेष्ठको निधन भएको छ ।


दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले बताए । आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ । दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । त्यसपछि लागेको आगो सुरक्षाकर्मीहरुले निभाएका थिए ।

प्रतिक्रिया दिनुहोस्