रामेछापका ४४० भुकम्प पीडित ५० हजार लिएर सम्पर्क विहीन
४ वैशाक, रामेछाप ।
रामेछाप जिल्लामा पुननिर्माणको काम अगाडि बढिरहेको छ । चार बर्षको अवधिमा ६० प्रतिशत भुकम्पले ध्वस्त बनाएका घरको पुननिर्माण भएका छन् । बाँकी घर बनाउने काम पनि जारी रहेको छ । ४६ हजार घर निर्माण हुनु पर्नेमा जिल्लामा हालसम्म २८ हजार घर निर्माण भएको छ । १५ हजार गुनासो परेमा अब करिब एक हजार मात्र गुनासो फस्यौट हुन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापका इन्जिनियर सुरेन्द्र यादवले रामेछाप न्युजलाई बताए ।
भुकम्पपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट रामेछापमा खटिएका इन्जिनियरहरुले भुकम्पबाट पूर्ण रुपमा ध्वस्त नभएको घरलाई प्रवलिकरण गर्न सकिने सूचिमा सुचिकृत गरेका थिए । जस अनुसार रामेछापमा ४४६ घरधुरी मध्ये ४४० जना लाभग्राहीहरुले घरको प्रबलिकरण गर्न सम्झौता गरेका थिए ।
इन्जिनियर यादवले रामेछाप न्युजसँग भने,‘प्रबलिकरण गर्नको लागि पहिलो किस्ता ४ सय ४० जनाले सम्झौता गरेका छन, तर पहिलो किस्ता लिएपछि दोस्रो किस्ता लिन तीन बर्षको अवधिमा कोही पनि आएका छैनन् ।’ सरकारले पूर्ण रुपमा घर भत्किएका भुकम्प पीडितलाई निजी आवास निर्माणको लागि तीन लाख र प्रबलिकरणको लागि एक लाख रुपैयाँ दिएको छ ।