मन्थलीमा पर्यटक भीडः रामेछाप होटल व्यवसायी संघले तोक्को कोठा र खानाको मुल्य (मुल्य सहित)



७ वैशाक, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली एरपोर्टबाट लुक्ला नियमित उडान सुरु भएपछि मुल्यमा एक रुपता ल्याउन रामेछाप होटल व्यवसायी संघले नयाँ मुल्य सुचि तोकेको छ । होटलहरुले चर्को मुल्य लिएको गुनासो बढेपछि संघले खाना र होटलको कोठाको मुल्य सूचि सार्वजनिक गरेको हो ।

विदेशी पर्यटकहरु सहज रुपमा खाना र होटलको कोठाको मुल्य जानकारी दिने उदेश्यले रामेछाप होटल व्यवासयी संघले मुल्य सुचि निर्धारण गरेको छ । संघका अध्यक्ष शेखरमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मन्थली नगरपालि बजार क्षेत्रभित्र रहेको सम्पूर्ण होटल व्यवसायीहरुले मुल्यमा एकरुपता ल्याउने र आउने ग्राहहरुलाई सकेको सेवा सुविधान दिने निर्णय गरेको बैठकले होटलमा सरसफाईमा विशेष ध्यान दिने समेत निर्णय गरेको छ ।

रामेछाप होटल व्यवसायी संघका अध्यक्ष शेखरमान श्रेष्ठले रामेछाप न्युजलाई भने,‘मुल्यमा एक रुपता ल्याउनको लागि मुल्य सूचि निर्धारण गरिएको हो, विदेशी र स्वदेशी ग्राहक दुवैलाई एउटै मुल्य कायम गरेका छौ, फरक–फरक मुल्य निर्धारण गरिएको छैन् ।’

यस्तो छ मन्थलीका होटलका मुल्य सूचि
रामेछाप न्युजलाइ प्राप्त सूचि अनुसार मन्सुरी चामल खाना रु. १ सय ५० देखि २ सय रुपैयाँ , वास्मती चामलको खाना २५० देखि ३ सय रुपैयाँ, कुखुराको मास प्रति प्लेट १ सय ५० देखि २ सय सम्म खसीको मासु प्रति प्लेट २ सय देखि २ सय ५०, माछा लोकल ३ सय रुपैयाँ, टाउट माछा ४ सय, अन्य माछा १ सय ५० देखि २ सय ६० रुपैयाँ, साधारण कोठा ५ सय देखि १ हजार, स्टेज कोठा १ हजार देखि १५ सय, एसी १५ सयदेखि २ हजार, एसी डिलक्स २५ सयदेखि ३ हजारसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्