विद्यालय पुननिर्माणमा उत्कृष्ट काम गर्ने रामेछापलाई सम्मान
१२ वैशाक, काठमाडौं ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले राम्रो काम गरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापलाई प्रशसापत्र प्रदान गरेको छ । गोरखा भुकम्पको चौथो स्मृति सभाको अवसरमा पुननिर्माण प्राधिकरणद्धारा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा इकाई रामेछाप लाई सम्मानपत्र प्रदान गरेका हुन् । शिक्षा इकाइले प्राप्त गरेको प्रशसापत्र इन्जिनियर सुन्दरश्याम घिमिरेले लिएका थिए ।
जिल्लामा भूकम्पले क्षति भएका विद्यालयहरु धमाधम पुननिर्माण भइरहेका छन् । चार बर्ष अघि गएको विनाशकारी भुकम्पको कारण रामेछापका ४ सय १९ विद्यालय भत्किएका थिए । चार बर्षको अवधिमा रामेछापमा एक सय दश वटा विद्यालयहरु निर्माण भईसकेका छन् ।
निर्माण व्यवसायीहरु मार्फत १८ वटा र विद्यालय व्यवस्थापन समिति मार्फत ९२ वटा विद्यालय निर्माण सम्पन्न भएका छन् । त्यस्तै गैरसरकारी संस्थाबाट ७३ वटा र जिल्ला शिक्षा समन्वय इकाईबाट १ सय २ वटा विद्यालय मर्मत सम्भार भएको शिक्षा इकाइले जनाएको छ ।