प्रदेश ३ सरकारको नीति तथा कार्यक्रम जेठ पहिलो साताः मन्त्री ढुंगेल



२३ वैशाक, हेटौडा ।
तीन नम्बर प्रदेश सरकारले यही जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने गरी गृहकार्य अगाडि बढाएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउन लागिएको तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । प्रदेश सरकार गठनपछि दोस्रोपटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो ।


प्रदेशको मौलिकता र छुट्टै पहिचान नीति तथा कार्यक्रममा समेटिने बताउदै मन्त्री ढुंगेले भौतिक पूर्वाधारको साथै कृषि, पर्यटन लगायतको विषयलाई प्राथमिकतामा राखिने रामेछाप न्युजलाई बताए ।
नीति तथा कार्यक्रममा मासु, दूध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण वर्ष सफल पार्ने, पूर्वाधार विकासलगायत समेट्ने गरी नीति तथा कार्यक्रम तयार हुने भएको छ । मन्त्री ढुंगेलले भने,‘ कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण, कृषिमा स्वरोजगार सिर्जना गर्ने सडक सञ्जालाई प्रदेशभर जोडने कार्यक्रम तय गरेका छौं ।’

प्रदेश सरकारले गत वर्ष निकै महत्वाकांक्षी योजना समेटेर १ सय १५ बुँदे नीति तथा कार्यक्रम ल्याएको थियो । मन्त्री ढुगेलले भने,‘कोही भोकै पर्दैनन, कोही भोकै मदैनन भन्ने मुख्य अभियान बनाएर नीति तथा कार्यक्रम तयार गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्