चौलागाईद्धारा रामेछाप नगरपालिकालाई शव वहान हस्तान्तरण



राजन महतारा क्षेत्री
२४ वैशाक, रामेछाप । नेपाली काग्रेस रामेछापका महाधिवेशन प्रतिनिधी भरत चौलागाइको सहयोगमा रामेछाप नगरपालिकालाइ शव वहान प्रदान गरिएको छ । रामेछाप नगरपालिकामा आज आयोजिt एक कार्यक्रममा चौलागाईको सहयोगमा खरिद गरिएको शव वहान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नगरपालिलाई हस्तान्तरण गरेका हुन् ।


चौलागाइले नेपाली काग्रेस रामेछाप नगर समन्य समिती मार्फत नगरपालिकालाई शव वाहन हस्तारण गरेका छन् । शव बहान संचालन गर्न नगरपालिकाले यस बर्षको लागि चालकलाई तलब बापतको अाथिक सहयाेग समेत दिएका छन् ।
जिल्लामा शव बहान नहुदा बिभिन्न समस्या हुने भएकोले आफुले शब बहान हस्तान्तरण गरेको उनले बताए । उनले जिल्लाभित्र बिभिन्न घटनाबाट मृत्यु भएको शवलाई प्लाष्ट्रिकमा पोको पारेर रामेछाप नगरबासी हिडन नपर्ने भन्दै नगरपालिकालाइ शव वाहन सही तरिकाले सञ्चालन गर्न आग्रह गरे ।
रामेछाप नगरपालिका नगर समन्वय समितिका संयोजक कमल विक्रम कार्कीको अध्यक्षतामा भएको शव वाहन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव, नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, उपप्रमुख सृजना खड्का, नेपाली कांग्रेस रामेछापका पुर्व सभापति रामचन्द्र खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्