रामेछापकाे योजना छनोट गर्न जनप्रतिनिधिहरुसँग सुझाव संकलन



२७ वैशाक, रामेछाप ।
आगामी आर्थिक बर्ष २०६७/०७७ को योजना तर्जुमा गर्न तीन नम्बर प्रदेश सरकारले जनप्रतिनिधिहरुसँग सुझाव लिएको छ । तीन नम्बर प्रदेश अन्तर्गत रहेको योजना आयोगले रामेछापका आठ वटा स्थानीय तह र ६४ वटा वडाका जनप्रतिनिधिहरुसँग सुझाव मागेको हो । नीति तथा कार्यक्रमको अन्तिम तयारीमा रहेको प्रदेश सरकारले आगामी बजेटमा समावेश गर्ने विषयका प्राथमिकता निर्धारण गर्न सुझाव मागेको छ ।

विकासको अवस्था, योजना छनोटको मापदण्डको बारेमा आयोगले जनप्रतिनिधिहरुलाई जानकारी गराउदै योजनाको समेत संकलन गरेको छ । रामेछापका ८ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले यस अघि नै प्रदेश सरकार मातहत रहेका मन्त्रालयहरुमा पुगेर आगामी बजेटमा समावेश गर्ने विषयमा योजना पेश गरिसकेका छन् ।

जिल्ला समन्वय समिति रहेको समन्वयमा आयोगले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधिहरुले सुझाव दिएका छन् । कार्यक्रममा प्रदेशसभा सांसद शान्ति पौडेल, पूर्व संविधानसभा सदस्य तारानारायण श्रेष्ठ, रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी सहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु आठ वटै स्थानीय प्रमुख उपप्रमुख, र वडा अध्यक्षहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्