नेकपाले टुंगो लगायो जनवर्गीय संगठनको नेतृत्व कुन संगठनमा को ? (नामावली सहित) ।



२ जेठ, काठमाडौं ।
पार्टी एकीकरण भएको एक बर्षपछि नेपाल कम्युनिष्ट पार्टीले जनवर्गीय संगठनहरुको एकता टुंगो लगाएको छ । नेकपाले सचिवालय बैठकले नेतृत्वको टुंगो लगाएको हो । तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको छ ।
विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् भने युवामा रामप्रसाद सापकोटा दीपशिखा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएको छ । महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।


त्यसैगरी प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी तोकिएका छन् । प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक तोकिएका छन् ।


पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् । यसैगरी मुस्लिम संगठनमा सिराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन् ।


बैठकले किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ तोकिएका छन् । जनजातिमा संयोजक सुरेश आले, सहसंयोजक शेरबहादुर तामाङ, भूमिहीनको संयोजकमा रामपृत पासवान र सहसंयोजकमा पदम देवकोटा, खेलकुदको संयोजकमा पुरुषोतम पौडेल, सहसंयोजकमा शिव कोइराला तथा उद्योग व्यवसायी संगठनको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजक श्याम पाठक तोकिएका छन् ।


सचिवलय बैठकले पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन भने टुंगो लगाएको छैन् । केही दिनभित्र नै कार्यविभागको काम सक्ने नेकपाले तयारी थालेको छ । नेतृत्व टुंगो लागेको जनवर्गीय संगठनको घोषणा पार्टी एकता भएको दिन आज गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्