रामेछाप जिल्लाको पहिलो प्रविधिमैत्री बन्यो गोकुलगंगा गाउँपालिका
१३ जेठ, रामेछाप ।
रामेछाप गोकुलगंगा गाउँपालिका प्रविधिमैत्री बनेको छ । गाउँपालिकाले मोबाईल एप्स सार्जजनिक गरेको हो ।
गोकुलगंगा गाउँपालिकाको सुचना तथा जानकारी जनस्तरमा छिटो र छरितो ढंगले सम्प्रेषण गर्न, सेवा तथा सुविधा सम्बन्धि जानकारी प्रदान गर्न र नागरिकहरुबाट आएको गुनासो तथा समस्याहरुको उचित व्यवस्थापन गर्न मोबाइल एप्स ल्याएको हो ।
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले नागरिकहरुको गुनासो सहज रुपमा समाधान गर्न गाउँपालिकालाई प्रविधिमैत्री बनाइएको बताए ।
सुचना तथा सञ्चार प्रविधि मन्त्रालय, सुचना प्रविधि विभाग र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको सहकार्यमा एप सञ्चालनमा ल्याइएको उनले बताए ।
एप्स गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाहरु , गाउँपालिकाकोे बारेमा जानकारी, कार्यक्रम तथा परियोजनाहरु, आपतकालिन नम्बर, वडाका विवरणहरु, गाउँपालिकाका महत्वपूर्ण स्थान लगायतका विवरणहरु समावेश गरिएको छ ।