खेलकुदको विकास गर्न गाउँपालिका प्रतिबद्ध छः अध्यक्ष तामाङ



१५ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले खेलकुद क्षेत्रको विकासको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताएका छन् । खेल क्षेत्रले देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि देशका नाम राख्न सकिने भएकाले खुलकुदको निकै महत्व रहेको बताएका हुन् । आगामी दिनमा खेल क्षेत्रको विकासको लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने अध्यक्ष तामाङले प्रतिबद्धता व्यक्त गरे ।

खाँडादेवी गाउँपालिका प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उदघाटन गर्दै अध्यक्ष तामाङ सडक मात्र विकास नभई खेलकुद पनि विकासको आधार भएको बताए । विद्यालयका विद्यार्थीहरुलाई खेल क्षेत्रप्रति आकर्षण बढाउनको लागि खेलकुद प्रतियोगीता निकै उपयोगी भएको उनले बताए ।

खाँडादेवी गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी गाउँपालिकाका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद प्रतियोगीमा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी छन् ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल, गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ, वडा अध्यक्षहरु लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्