वडा अध्यक्ष माझीको विरुद्ध अदालतमा मुद्दा दर्ताः पाँच दिन थुन्न आदेश



२१ जेठ, काठमाडौं ।
मन्थली नगरपालिका–६ भलुवाजोरका वडा अध्यक्ष गोपालबहादुर माझीको विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । अर्काकी श्रीमतीसंग कोठामा भेटिएको भन्दै श्रीमती कृष्णमाया माझीले मंगलवार अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।


महानगरीय प्रहरी प्रभाग ठिमीका डिएसपी मिलन केसीले माझीको विरुद्ध अदालतमा मुद्दा दर्ता भएसँगै अनुसन्धानको लागि पाँच दिन म्याद थप भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार माझीलाई अनुसन्धान गर्न अब २५ दिन थुनामा राखिने छ ।

श्रीमती कृष्णमायाले कोठामा श्रीमान श्रीमतीको रुपमा फोटो सहित दुई जनालाई फेला पारेको प्रमाणको आधारमा श्रीमानको विरुद्ध मुद्दा दर्ता गराएकी हुन् । गोपाल र कृष्णमाया बेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध बिच्छेद भएको छैन ।

प्रतिक्रिया दिनुहोस्