सैलुङको पर्यटन विकासका लागि केन्द्र सरकारको ५० लाख



२५ जेठ, काडमाडौं ।
रामेछाप र दोलखा जिल्लाको सीमाना पर्यटकीय गन्तव्य सैलुङको विकासको लागि केन्द्र सरकारले पचास लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले सैलुङ क्षेत्रको विकास गर्न भौतिक पूर्वाधार निर्माणको लागि उक्त बजेट विनियोजन गरेको हो ।

पूर्व पर्यटन मन्त्री एवं नेकपा तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले केन्द्र सरकारले सैलुङको विकासको लागि पचास लाख विनियोजन गरेको रामेछाप न्युजलाई बताए । उनका अनुसार कालिन्चोक र जिरी क्षेत्रको विकासको लागि पनि पचास/पचास लाख छुटयाइएको छ ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनमन्त्री कैलाश ढुंगेलको पहलमा सैलुङ क्षेत्रको विकास गर्नको लागि गुरु योजना निर्माणको काम अगाडि बढाइएको छ ।

मन्त्री ढुंगेलका रामेछाप न्युजसँग भने,‘सैलुङ क्षेत्रको गुरु योजना निर्माणको लागि पचास लाख बजेट छुटयाइएको छ, तीन वटा गाउँपालिकाले संयुक्त रुपमा योजना पेश गरेपछि बजेट विनियोजन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्