रामेछापमा कांग्रेसको जागरण अभियानः फेरिदै कार्यशैली (फोटोफिचर)



२५ जेठ, रामेछाप ।
नेपाली कांग्रेसको जनजागरण अभियान अन्तर्गत रामेछापमा एक महिने जनजागरण अभियान सम्पन्न भएको छ । जागरण अभियान अन्तर्गत रामेछापको ८ वटै स्थानीय तह अन्तर्गत रहेको ६४ वटा वडामा पुगेर नेताहरुले कार्यकर्ताको गुनासो सुनेका थिए । कार्यकर्ताहरुले नेताहरुमा देखिएको गुटबन्दीले दिक्क भएको भन्दै आगामी दिनमा गुट बोलेर आउने भन्दा पनि पार्टी बोकेर आउन सुझाव दिएका छन् ।

निर्वाचनपछि पहिलो पटक जागरण अभियान लिएर गाउँगाउँमा पुगेका कांग्रेसका नेताहरुलाई कार्यकर्ताले कार्यशैली सच्याएर अगाडि बढन, पार्टीको नीति र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढन पनि सुझाव दिएका छन् ।

पार्टीका नेता कुनै व्यक्ति विशेषको पछि लाग्नु भन्दा पनि पार्टीको झण्डालाई अगाडि बढाएर अगाडि बढनु पर्ने सुझाव कार्यकर्ताले दिएका हुन् ।

बैशाख २५ गतेबाट सुरु भएको जागरण अभियानको समापन कार्यक्रमका कांग्रेस नेता
मनमाेहन भट्टराई जागरण अभियानले गाउँगाउँमा कार्यकर्ताको माझमा नयाँ उत्साह आएको बताए ।


कार्यक्रममा पार्टी सभापति लवश्री न्यौपाने, पार्टी सचिव लेखबहादुर कार्की, पूर्व पार्टी सभापति रामचन्द्र खड्का, काग्रेस जिल्ला उपसभापति जितेन्द्र मोक्तान, कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल महिला संघ रामेछापकी सभापति गंगा अधिकारीलेले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । रामेछाप कांग्रेसका नेताहरुले पार्टीलाई बलियो बनाउन आगामी दिनमा गाउँगाउँमा पुगेर कार्यकर्ताको चाहना र भावना बुझेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जागरण अभियानले कार्यक्रम गर्ने ढाँचामा समेत परिवर्तन ल्याएको बताए । उनले खादा, माला ब्याच वितरणको कार्यक्रम विविधवत रुपमा अन्त्य भएको बताउदै सामुहिक आसनग्रहण कार्यक्रम सन्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्