कार्यविधि बनाएर मात्र पूर्वधार निर्माणमा बजेट बाँडफाँडः मन्त्री ढुंगेल
२ असार, हेटौडा ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले कार्यविधि बनाएर मात्र पूर्वाधार निर्माणका लागि बजेट बाँडफाँड हुने बताएका छन् । उनले योजनाहरुमा लगानी हुने बजेटले परिणाम दिने विषय कार्यविधिमा नै समावेश गरिने बताएका हुन् । प्रदेशले सांसद्लाई खल्ती भर्ने गरी रकम नछुट्याएको मन्त्री ढुंगेलले बताए ।
प्रदेशका निर्वाचन क्षेत्रका पूर्वाधार विकास कार्यक्रमका लागि बजेट छुट्याइएको बताउदै उनले सांसद्लाई बजेट दिएको नभएर प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासका लागि रकम छुट्याइएको प्रस्ष्ट पारे ।
सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढुंगेलले पूर्वाधार विकासतर्फ छ्ट्याइएको १ अर्ब ९८ करोड बजेटलाई प्रदेशसभा सांसद्, गाउँपालिकाका जनप्रतिनिधिको सहभागितामा खर्च गरिने बताए । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह उहाँले आग्रह गर्दै उनले भने,‘आइतबार संसदमा प्रस्तुत ४७ अर्ब ६० करोड रुपियाँको बजेट कार्यान्वयन हुन्छ ।’
चालु आर्थिक वर्षमा बजेट कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै मन्त्री ढुंगेले कर्मचारीको अभाव कानुन अभाव, नीति तथा योजना आयोगका सदस्यहरु पूरा नहुनुलगायत समस्याबाट बजेट कार्यान्वयन गर्न नसकेपलछि आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनका लागि कुनै समस्या नरहेको बताए ।