रामेछापमा दुई महिला दिउसै बलात्कृतः सबै नाका सिल गरेर प्रहरीले पक्राउ गर्यो दाेषी



२ असार, रामेछाप ।
रामेछापमा दुई महिला बलत्कृत भएका छन् । लिखु तामाकोसी गाउँपालिकाका दुई महिलामाथि ट्रकमा सवारी चालक सहितको समुहले बलात्कार गरेका हुन् । लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङको ढ्याङग्रेको जंगलमा एक विवाहित र एक जना अविवाहित महिलामाथि ट्रकमा सवार व्यक्तिहरुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

धोवीबाट मन्थली आउने क्रममा उक्त ट्रकमा चढेर दुई महिलालाई जङगलमा बलत्कार गरेर चालकले आइतवार दिउसो करिब तीन बजे हलेदे नजिकै ल्याएर छोडिएका दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले बलात्कारको घटनामा संलग्न सिन्धुली घर भएका बर्ष २५ का विजय मगरलाई पक्राउ गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पक्राउ परेका मगरलाई म्याद थप गरेर अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढेको छ ।


घटना दिउसो तीन बजेटको भएपनि पीडित महिलाहरुले साँझ ७ बजे मात्र ट्राफिक प्रहरीलाई आफूहरु बलत्कृत भएको जानकारी गराएका थिए । लगत्तै ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय पठाएको थियो । घटनाको बारेमा थाहा भए लगत्तै प्रहरीले जिल्लाको सबै नाका सिल गरेर दोषीको खोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले पीडितले उजुरी गर्नासाथ जिल्लाको सबै नाका सिल गरेर खोज्ने क्रममा राती दस बजे सेलेघाटबाट एक जना दोषीलाई पक्राउ गर्न सफल भएको रामेछाप न्युजलाई बताए ।

‘एक जना दोषी पक्राउ गर्न सफल भएका छौ, घटनाको अनुसन्धान अगाडि बढेको छ, बाँकीलाई पनि पक्राउ गर्छौ, उनले भने । प्रहरीले दोषी फरार नहोस भनेर जिल्लाका नाकाहरुमा ठूलो प्रहरी फोर्स लगाएको खोजी गरेको थियो । बलात्कारको घटनामा कति जना सहभागी थिए भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्