वडा अध्यक्ष कार्की भन्छन–प्रमुख प्रशासकीय अधिकृत रेग्मीले आतङक मच्उचानु भो



२ असार, रामेछाप ।
मन्थली नगरपालिकाका–५ का वडा अध्यक्ष राम बहादुर कार्कीले कार्यपालिकाका सदस्यहरुमाथि दुव्यवहार गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीमाथि कारवाही हुनु पर्ने माग गरेका छन् । उनले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न नमान्ने रेग्मीमाथि कारवाही हुनुपर्ने माग गरेका हुन् ।

वडा अध्यक्ष कार्कीले रामेछाप न्युजसँग भने,‘कार्यपालिकाले गरेको निर्णय मान्दिन भन्दै प्रशासकीय अधिकृत रेग्मीले नै सुरुमा टेबल ठटाएका हुन्, चर्काचर्की हुँदै गएपछि रेग्मीले उठाएको कुर्सीले लागेर नगर प्रमुखलाई टाउकोमा सामान्य चोट लागेको हो ।’ तपाईले पानीको बोतल, कुर्सी र गिलासले हिर्काउनु भो भन्ने आरोप छ नि भन्ने जिज्ञासामा उनले आफूले कसैमाथि पनि हातपात नगरेको दावी गरे ।

कार्यपालिकाको २३ औ बैठकको निर्णय नम्बर १०को क ख ग को निर्णय कार्यान्वयन गर्न आग्रह गर्दा उल्टै कार्यपालिकाका सदस्यहरुलाई अपमान गर्ने शैलीमा प्रस्तुत भएको बताउदै वडा अध्यक्ष कार्कीले र रेग्मीले टेबुल ठटाउदा नगर प्रमुखको टाउको फुटेको बताए । कार्कीले भने,‘कार्यपालिकाका सदस्य उद्धव रम्तेललाई ठाडै कुटन आउनु भो, रेग्मीले अशिष्ट व्यवहार देखाउनु भो ।’

बैठकमा रेग्मीले दादागिरी देखाउको आरोप लगाउदै उनले कार्यपालिकाको बैठकलाई भडकाउने काम गरेको बताए । ‘हामीलाई आतङकित बनाउने काम भएको छ,बैठकमा हामीलाई तिमीहरु को हौ भनेर अपमान गर्ने काम भो’ ,उनले भने,‘कार्यपाका पदाधिकारीलाई अपमान गरेर संघीयताको धज्जी उडाने रेग्मीमाथि कारवाही होस

प्रतिक्रिया दिनुहोस्