विप्लव समुह रामेछापका इन्चार्ज तामाङ पक्राउ



५ असार, काठमाडौं ।
प्रतिबन्धित विप्लव नेतृत्वको समुहमाथि निगरानी बढाइरहेको प्रहरीले विप्लव समुहका रामेछापका इन्चार्ज सहित पाँच जना नेतालाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले विप्लव समूहका ५ जना नेतालाई पक्राउ गरेको हो ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ छन् । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार कुलदिपलाई भक्तपुरबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्