दोरम्बा गाउँपालिकाद्धारा बिमला तामाङको रहस्यमय हत्याको निष्पक्ष छानबिन गर्न माग



९ असार, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–२ दोरम्बा बर्खुवा निवासी बिमला तामाङको हत्याको बारेमा निष्पक्ष छानबिन गर्न दोरम्बा गाउँपालिकाले माग गरेको छ ।

दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले एक विज्ञप्ती जारी गर्दै समता अस्पतालको बन्द कोठाभित्र रहस्यमय हत्या भएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको बताएकी हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, कानुनी राज्यमा यस किसिमका घटनाले मानव अधिकार लैगिक हिंसा न्युनकरणका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सरकारले गरेको प्रतिबद्धता केबल कागजी रुपमा मात्र सीमित भएको आभाष दिएको छ ।

उपाध्यक्ष घिसिङले घटना रहस्यमय देखिएकाले राज्यका सबै निकायहरु गम्भीर भई यथाशिघ सत्यतथ्य छानबिन गरी दोषी उपर कानुन बमोजिम कडा कारवाही गर्न र मृतकको परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्