गोकुलगंगा गाउँपालिकाको बजेट ५२ करोड



१० असार, रामेछाप ।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७ को लागि ५२ करोडको बजेट ल्याउने भएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले आज बजेट ल्याउन लागेको हो ।
गोकुलगंगा गाउँपालिकाका प्रवक्ता बलराम खड्काले गाउँपालिकाले ५२ करोडको बजेट ल्याउन लागेको रामेछाप न्युजलाई बताए । उनका गत बर्ष भन्दा यस बर्ष १३ करोड बढी बजेट ल्याउन लागिएको हो ।

शनिवार गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका थिए । गाउँपालिकाका अध्यक्ष सुनुवारले भौतिक पूर्वाधार र कृषिलाई गाउँपालिकाले प्राथमिता दिएको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्