खाँडादेवी गाउँपालिकाको सुली थुम्कामा अब चिया बगान
१ साउन, रामेछाप ।
पर्यटन क्षेत्रको प्रर्बद्धन गर्ने मुख्य उदेश्य सहित खाँडादेवी गाउँपालिकाले चिया बगान निर्माणको अभियान अगाडि बढाएको छ । धार्मिक पर्यटकीय गन्तव्य खाँडादेवी मन्दिरसँगै जोडेर गाउँपालिकाले चिया बगानको योजना अगाडि सारेको हो । गाउँपालिकाभित्र पहिलो पटक चिया रोप्ने काम सुुरु गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले चिया रोपेर शुभारम्भ गरेका छन् । गाउँपालिका वडा नम्बर ७ स्थित सुलीथुम्कामा यस बर्षबाट (तक्दा ७८ प्रजाति)को चिया रोपिएको छ ।
चिया उद्योगसँगै पर्यटकीय क्षेत्रेको रुपमा विकास गर्ने उदेश्यसहित चिया खेतीको योजना अगाडि सारिएको अध्यक्ष तामाङले रामेछाप न्युजलाई बताए । उनका अनुसार आगामी बर्ष गाउँपालिकाले चिया खेतीको लागि बजेट थप्दै लैजानेछ ।