रामेछाप नगरपालिकाद्धारा साँघुटारका आगलागी पीडितलाई सहयोग
राजन महतारा क्षेत्री
९ साउन, रामेछाप । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा आगोलागीबाट पीडित भएका परिवारलाई रामेछाप नगरपालिकाले नगद सहित राहत सामाग्री वितरण गरेको छ । घटना घटेलगत्तै रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काको नेतृत्वमा गएको टोलीले साँघुटार पुगेर राहत सामाग्री वितरण गरेको हो ।
आगलागीमा परी पूर्णरुपमा घर तथा टहरा नष्ट भएका राजन सुवेदी, अंकित श्रेष्ठ, अनिस मगर , हरिमाया मगर, हिरा श्रेष्ठ, कृष्णा सुवेदी, राजेश दाहाल र रविन कुमार खत्रीका परिवारलाई रामेछाप नगरपालिकाले परिवार संख्याको आधारमा चामल, दाल, ग्याँस, त्रिपाल, लत्ताकपडा वितरण गरेको छ ।
रामेछाप नगरपालिकाका नगर प्रमुख सृजना खड्काले पीडित परिवारको तत्काल वासस्थानको व्यवस्थापनका लागि प्रत्येक परिवारलाई नगद २ हजारका दरले १ महिनाको लागी नगरपालिकाबाट कोठा भाडा उपलब्ध गराउने निर्णय गरिएको बताइन ।
त्यसैगरी आगोलागी पीडितको उद्धार गर्ने क्रममा घाइते भएका रामेछाप नगरपालिका–३ का एम्बुलेन्स चालक सुमन खत्रीको उचचारका लागी नगरपालिकाले नगद ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
नेकपा रामेछापद्धारा नगद सहयोग
साँघुटार बजारमा आगोलागीबाट पीडित परिवारलाई नेकपा रामेछाप नगर कमिटी रामेछापले ४९ हजार वितरण गरेको छ । नेकपा नगर कमिटीस रामेछापका अध्यक्ष मोतिलाल तामाङ सहितको टोली साँघुटार पुगरे पीडित परिवारलाई नगद सहयोग प्रदान गरेको हो ।