साँघुटारका आगोलागी पीडितलाई कांग्रेस रामेछापको आर्थिक सहयोग



१८ साउन, रामेछाप ।
रामेछाप नगरपालिका–३ साँघुटार बजारमा साउन ९ गते आगोलागी भएर घर पुर्ण रुपमा क्षति भएका आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस रामेछापले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस रामेछाप नगरसमन्वय समितिको पहलमा संकलन भएको ३ लाख १९ हजार ३ सय ७० रुपैयाँ साँघुटार टोल सुधार समितिका संयोजक राजकुमार श्रेष्ठलाई हस्तान्तर गरिएको कांग्रेस नगर समन्वय समितिका सचिव समिर कार्कीले बताए ।

कांग्रेस जिल्ला कार्य समिति र नगर समन्वय समितिबाट उठेको १ लाख ८३ हजार १५ नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ (कान्छाराम ) बाट प्राप्त १ लाख ३ हजार र ओखलढंगाका पुर्व सांसद एवम नेपाली कांग्रेस ओखलढंगाका नेता रामहरि खतिवडाबाट प्राप्त ३३ हजार ३ सय ५५ रुपैयाँ सहयोग आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रामेछापका नेता एवम कार्यकर्ताका साथै साँघुटारका आगोलागी पीडित र स्थानीय नागरीकहरुको उपस्थिती रहेको थियो । आगोलागी हुँदा राजन सुवेदी, अंकित श्रेष्ठ, अनिस मगर, हरिमाया मगर, हिरा श्रेष्ठ , कृष्णा सुवेदी , राजेश दाहाल, रविन कुमार खत्री लगायतको घर तथा टहरा पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्