कुलमान घिसिङको चमत्कारः प्राधिकरणलाई एक बर्षमा ७ अर्ब २० करोड नाफा
२८ साउन, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले एकपछि अर्को चमत्कार हालिस गरेका छन् । लोडसेडिङ हटाएर सिंगो नेपालीको मन जित्न सफल भएका घिसिङले घाटामा रहेको प्राधिकरणलाई बार्षिक रुपमा नाफामा ल्याउन सफल भएका छन् ।
नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ । लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्द्रित भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।
विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हाले लगतै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो ।
तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो । त्यसपछिका आर्थिक वर्ष २०७४र७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ । योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।
आर्थिक वर्ष २०७४÷७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो । आव ०६६ ६७ मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।