बिमला तामाङको परिवार उच्च अदालत जादै



४ भदौ, काठमाडौं ।
समता अस्पतालमा कार्यरत रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बाकी बिमला तामाङको रहस्यमय हत्याकाण्डमा संलग्न तीन जनालाई जिल्ला अदालत काठमाडौंले ढरौटीमा रिहा गरेपछि पीडित परिवार उच्च अदातल जाने भएको छ ।

पीडित परिवारले दिएको किटानीको आधारमा तीन जनामाथि अनुसन्धान भएपनि जिल्ला अदालतले ढरौटीमा रिहा गरेको थियो । हत्यामा संलग्न व्यक्तिहरुलाई कारवाही हुनुपर्ने माग गर्दै पीडित परिवारले आज जिल्ला अदालत काठमाडौमा पुनः पुनारावेदन दिने भएको छ ।

मृतक बिमला तामाङकी देवर सिंहराज योञ्जनले न्याय नपाएको आज जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्न लागिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार हत्यामा संलग्न दोषीलाई कारवाही हुनुपर्ने माग सहित उच्च अदालतमा पनि मुद्दा दाहेर गरिनेछ ।


गत असार ३ असारमा बौद्धस्थित समता अस्पतालभित्रै मृत अवस्थामा भेटिएकी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले आफ्नो सुसाइड नोटमा आफूलाई उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीले बाध्य पारेको पत्र भेटिएको थियो ।

सुसाइड नोटलाई आधार मानी प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर जिल्ला अदालतले तीनै जनालाई ढरौटीमा रिहा गरेको थियो ।

यसअघि समता अस्पतालका संस्थापक उत्तम सञ्जेलको श्रीमती सहित तीन जना जेल चलान भन्ने समाचारमा भुलवश प्रकाशित भएकोमा रामेछाप न्युज परिवार क्षमाप्रार्थी छ । सम्पादक

प्रतिक्रिया दिनुहोस्