तीजमा छोरी लिन गएकी आमालाई खोलाले बगाउदा मृत्यु



बिष्णु खड्का

१२ भदौ, रामेछाप । तीजमा माइत आएकी छोरीलाई लिन जादा रामेछापमा एक महिलालाई खोलाले बगाउदा मृत्यु भएको छ । माइत आएकी छोरीलाई लिन जाँदा रामेछापको उमाकुण्ड गाउँपालिका–३ चरमकी ५६ बर्षिय राधिकादेवी कार्कीलाई खोलाले बगाउदा मृत्यु भएको हो ।


सोलुखुम्बुको सगरडाँडाबाट माइत आएकी छोरीलाई घर भन्दा केही परसम्म लिन जाँन्छु भनेर हिडेकी कार्कीलाई घर नजिकैको ठाडोखोलाले बगाएको उमाकुण्ड गाउँपालिका–३ का वडा अध्यक्ष रमेश कुमार सुनुवारले जानकारी दिए । स्थानीयवासीहरुले खोजी गर्दा सोही खोलाको करिब ५० मिटर तल मृत अबस्थामा भेटिएको कुभुकास्थलीका बिष्णु कुमार सुनुवारले बताए ।

प्रतिक्रिया दिनुहोस्