हिमाल चढदै बिकः लक्ष्य सगरमाथा, यात्रा मनास्लु
१९ भदौ, काठमाडाैं ।
रामेछाप सुनापती गाउँपालिकामा आर्थिक प्रशासन शाखाका लेखापाल बमबहादुर बिकले हिमाल आरोहण गर्ने भएका छन् । कर्मचारीले सहासिक काम पनि गर्न सक्छन भन्ने सन्देश प्रवाह गर्न र आन्तरिक पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उदेश्यको साथ बिकले हिमाल आरोहण गर्न लागेको हुन् । बिक महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समुहबाट हिमाल आरोहण गर्न पहिलो व्यक्त हुन् । मनास्लु हिमाल आरोहणमा गर्न लागेको बताउदै बिकले निकै उत्साहित भएको रामेछाप न्युजलाई बताए ।
हिमालय पर्वत श्रेणी अन्तर्गत गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल नेपालको सातौ तथा विश्वको छैटौँ अग्लो हिमालका रुपमा रहेको छ । किलर माउन्टेनको रुपमा समेत परिचित उक्त हिमाल आरोहणलाई विकले सगरमाथा आरोहणको तयारीका रुपमा लिएको बताए ।
रुकुमको सानोभेरी गाउँपालिका– नम्बर १० डाँडाअर्माका स्थायी वासिन्दा रहेका विकले हिमाल आरोहणले सरकारले लिएको भिजिट नेपाल २०२० को उपलक्ष्यमा आन्तरिक पर्यटकलाई प्रद्र्धन हुने विश्वास व्यक्त गरे । हिमाल आरोहणका लागी ३४ दिन लाग्नेछ । हिमाल आरोहण गर्न लाग्ने दस लाख खर्च बिकलाई आफन्त, परिवारले सहयोग गरेका छन् ।
पहिलो पटक हिमाल आरोहण गर्न लागेका बिकले भने,‘यो सहासिक यात्रा हो, मैले मनास्लुलाई तयारीको रुपमा लिएको छ, लक्ष्य चाही सगरमाथा आरोहण गर्ने छ ।’ पाइनर एजेन्सी कम्पनी माफर्त उनी हिमाल आरोहण गर्न लागेका हुन् ।