गोबर ग्याँस पाएपछि हायु परिवार दंग



२४ भदौ, रामेछाप ।
बर्षौदेखि जंगलमा दाउराकै लागि भौतारिनु पर्ने बाँध्यतामा रहेका रामेछाप नगरपालिका–७ मुडाजोरका १० घर परिवार हायु परिवारलाई गोबर ग्याँस निर्माण गरिएको छ । वैकल्पिक ऊर्जा प्रालिको सहयोगमा भुकम्प प्रभावित हायु समुदायका १० परिवारको घरघरमा ब्याङनासी निर्माण कम्पनी एन्ड सप्लायर्सले गोबर ग्याँस निर्माण गरिदिएको हो ।


ग्रामिण विजनेश प्रमोशन प्रालिको सहजिकरणमा गोबर ग्यास निर्माण भएपछि मुडाजोरका १० घर परिवारमा खुसी छाएको छ । मुडाजोरका रमेश हायुका अनुसार जगंलमा दाउराको अभाव , दाउरामा खाना पकाउँदा धुवाँमा उकुसमुकस भएर खाना पकाउनु पर्ने समस्या अब हटेको बताए । घरमा गाईवस्तु धेरै पाल्ने परिवार र सिलिण्डर ग्यास किन्ने क्षमता समेत नभएका १० घर परिवारलाई छनोट गरी गोबर ग्याँस निर्माण गरिएको ग्रामिण विजनेश प्रमोशन प्रालिका प्रबन्धक युवराज कार्कीले बताए ।

वैकल्पिक उर्जा प्रवद्र्धन गर्ने उदेश्यले नेपालकै लोपन्मुख हायु परिवारलाई गोबर ग्यास निर्माणमा सहयोग गरिएको उनले बताए । अहिले गोबर ग्याँस निर्माणको लगभग ९० प्रतिशत काम सम्पन्न भईसकेको छ । उक्त परिवारले यस वर्षको दशैँमा गोबर ग्यास चुलो मार्फत खाना बनाउन सक्नेछन । गोबर ग्याँस जडानका लागि प्रतिपरिवार ९० हजार बराबरको रकम खर्च हुने कम्पनीले बताएको छ ।

नेपालमा कुल जनसंख्याको ६९ प्रतिशत नागरिक दाउरा, गोबर गुइठा लगायत परम्परागत जैविक ऊर्जाको स्रोतबाट खाना पकाउने गरेको वैकल्पिक ऊर्जा प्रर्बनधन केन्द्रको तथ्यांकमा छ । बायोग्यास बनाउन खाडल तयार पारेर इँटा, ढुंगा, बालुवा, सिमेन्टबाट ढलान गरिन्छ । एकतिर गोबर हाल्ने र अर्कातिर गोबर निस्किने ठाउँ बनाइएको हुन्छ । कतिपय स्थानमा शौचालय पनि बायोग्यासको प्लान्टमा जडान गरिएको पाईन्छ । गोबर र पानीको घोलबाट तापक्रम उत्पन्न भइ ग्यास बन्छ ।

यसलाई पाइपद्वारा चुल्होमा पुर्याइन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान दिएर मुलुकभर बायोग्यास निर्माणको अभियान थालेको पनि लामो समय भइसकेको छ । केन्द्रले घरायसी प्रयोजनका लागि दुईदेखि १२ घनमिटर क्षमताको बायोग्यास प्लान्ट जडानका लागि अनुदान समेत उपलब्ध गराउँदै आएको छ । जसका लागि सरकारले बर्षेनी बजेट समेत विनियोजन गर्दै आएको छ । बायोग्यास बनेपछि गृहणीलाई धुँवाबाट मुक्ति मिलेको छ । बायोग्यासबाट निस्कने प्रांगारिक मल खेतबारीका लागि झनै उपर्युक्त हुने बताइएको छ । परम्परागत उर्जा भन्दा मानव निर्मित विकासका वैकल्पिक ऊर्जाले वातावरण स्वच्छ सफा र हरियाली रहन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
Qwcx, 46ZAYAXp, 3bzWaRWU, kKCtVh0TG, paXJQAS, f0VoPto, 65ibyeOCeLLtmrBc, 6TUS3nfzuYNUMU, GuTS, zHXcRlsdL