सुनापती गाउँपालिकाभित्रको शैक्षिक गुणस्तर राम्रो बनाउँछौः अध्यक्ष लामा
२८ भदौ, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले सुनापती गाउँपालिकाभित्र शैक्षिक गुणस्तर राम्रो बनाउने अभियानमा आफूहरु लागि परेको बताएका छन् । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा जोड दिएको बताएका हुन् ।
अध्यक्ष लामाले भने,‘गाउँपालिकाभित्रको बिद्यालयहरुको स्तर सुधार्न र शैक्षिक गुणस्तर कायम गर्न हरतरहले लागि परेका छौं,सरकारले जारी गरेको शिक्षा नीतिलाई पूर्ण रुपले लागु गराउछौं ।’
राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा डहू माविले आयोजना गरेको गुणस्तरीय शिक्षाको लागि स्थानीय सरकारको भुमिका बिषयक बक्तृत्व कला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले स्थानीय सरकारले पनि प्रभावकारी कार्यविधि बनाएर लागू पर्नेमा जोड दिए । प्रतियोगीतमा विजयी विद्यार्थीहरुलाई अध्यक्ष लामाले पुरस्कार वितरण समेत गरेका थिए ।