डहु माविलाई देशकै नमूना सामुदायिक विद्यालय बनाउछौः प्रअ लामा
२८ भदौ, रामेछाप ।
डहु माविका प्रअ दल दल बहादुर लामाले विद्यालयलाई देशभरकै नमूना सामुदायिक विद्यालय बनाउन लागि परेको बताएका छन् । उनले निकै लामो मेहनतकै कारण विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताउदै उनले विद्यालयको शैक्षिक गुणस्तर सुर्धानको लागि रातदिन नभनि लागि परेको बताएका हुन् ।
बालबलिकाहरुको आत्म सम्मानमा ध्यान दिदै शिक्षणमा लाग्न शिक्षकहरुलाई आग्रह गर्दै प्रअ लामाले निजी बिधालयका बिधार्थीहरु सामु सामुदायिक बिधालयको बिधार्थीहरुको शिर उच्चो राख्न सफल भएको बताए । बोर्डिङ स्कुल समान हैसियत कायम गराउन लागि परेको बताउदै उनले आफ्नो बिद्यालयको शैक्षिक गुणस्तरलाई बढाउदै डहु माबिलाई मुलुककै नमुना सामुदायिक बिधालयको सुचिमा स्थापित गराउन प्रयासरत रहेको बताए । विद्यालयको स्तर उकास्न बिधालय ब्यवस्थापन समिति, बिधालय प्रशासन र अभिभावक समेतको बलियो एकताले बिशेष भुमिका खेल्नेमा प्रअ लामाले जोड दिए ।
सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क घिसिङको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका संस्थापक सदस्य प्रताप सिं लामा व्यवस्थान समितिका सद्स्यहरु रबिन योन्जन, सुकुमाया माझी, कान्छी तामाङ, सुनापती गाउँपालिका शिक्षक महासंघका अध्यक्ष राज कुमार कोइराला, शिक्षक सरोज धामी, सुनापती गाउँपालिका–४ की वडा सदस्य कान्छीमाया तामाङ,सुनापती गाउँपालिका न्यायिक समितिका अध्यक्ष कमान सिं तामाङ, बिजय लामा र जि.बि. मोक्तान लगायतको सहभागीता रहेको थियो ।
घिमिरेले मारे बाजी
राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा डहू माबिमा आयोजित गुणस्तरीय शिक्षाको लागि स्थानीय सरकारको भुमिका बिषयक बक्तृत्व कला प्रतियोगितामा विद्यालयका डहु माविका विद्यार्थी अभिशेक घिमिरे प्रथम भएका छन् । ४ नं वडा बेथानको चार बिधालयबाट १२ जना प्रतियोगीहरुबीच भएको प्रतिस्पर्धामा डहू माबिका अभिशेक घिमिरे प्रथम, कुशेश्वर माबि बेथानकी कविता खड्का द्वितीय तथा डहू माबिकी बिपना तामाङ तृतीय भएकी थिइन । विजेताहरुले आगामी भाद्र २९ गते हुने गाउँपालिकास्तरीय बक्तृत्वकला प्रतियोगितामा सहभागी हुन पाउने छन ।