दोरम्बाकाे मानेडाँडामा २ करोडमा प्रहरी कार्यालय बन्दै
१ असोज, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित मानेडाँडामा नयाँ प्रहरी चौकी निर्माण हुने भएको छ । तीन नम्बर प्रदेश सरकारको दुई करोड लगानीमा साढे दुई तल्लाको प्रहरी कार्यालय भवन निर्माण हुन लागेको हो । वडा नम्बर २ दोरम्बाले प्रहरी कार्यालय निर्माणको लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराएको छ ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठले प्रहरी कार्यालय निर्माणको लागि जग्गा उपलब्ध गराउने कार्य सम्पन्न भएसँगै निर्माण कार्य पनि अगाडि बढेको रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी चौकी निर्माण गर्नको लागि एैलानी जग्गामा निर्माण भएको एउटा घर भत्काइएको छ ।