संविधान दिवसबाट मन्थली नगरपालिकाभित्र नयाँ नियम
१ असोज, रामेछाप ।
मन्थली नगरपालिकाले संविधान दिवसको मनाउने तयारी अगाडि बढाएको छ । यससँगै मन्थली नगरपालिकाले संविधान दिवसकै दिनबाट नयाँ नियम पनि लागू गर्ने घोषणा गरेको छ । मन्थली बजार क्षेत्रमा व्यवसायीहरुले अटेरी गर्दै फुटपाथसम्म पसलका सामान राख्ने क्रमलाई तीब्रता दिएपछि पूर्ण रुपमा फुटपाथ खाली गर्ने निर्णय गरेको छ ।
मन्थली बजारमा साँघुरो सडक र सडकको फुटफाथमा सर्वसाधारण यात्रु समेत हिडन नसक्ने गरी व्यापारीहरुले बलमिच्याइँ गरेर सामान राख्ने क्रम बढेपछि मन्थली नगरपालिकाले खाली गराउने निर्णय गरेको छ ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले रामेछाप न्युजसँग भने,‘फुटपाथमा व्यवसायीहरुले सामाग्रीहरु राख्दा सर्वसाधारणलाई हिडनै समस्या भो, खाली गराउनको लागि सात दिनको सूचना जारी गरेका छौ, सात दिनभित्र पनि खाली नभए नगरपालिकाले नै हटाउछ ।’