राष्ट्रिय युवा संघले टुंगो लगायो केन्द्रीय सदस्य रामेछापबाट चार जना चयन (नामावली सहित)
१८ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित सो केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो । संगठनका सह इन्चार्ज एवं संयोजक रामप्रसाद सापकोटाले ३३५ मध्ये रिक्त रहन गएका सदस्यहरु साविकको वाइसीएलले मनोनित गर्ने बताए । उनका अनुसार पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गतेका आह्वान गर्नुका साथै कात्तिक २० र २१ गते काठमाडौंमा भेला समेत बोलाइएको छ ।
रामेछापबाट केन्द्रीय सदस्यमा ४ जना चयन
राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा रामेछापबाट चार जना चयन नभएका छन् । चयन हुने केन्द्रीय सदस्यमा कृष्णहरि केसी, सुमन लामा, जय गुरुङ र टीका माल्बुके रहेका छन् । केसी र गुरूड पूर्व एमाले र लामा र बाल्बुके पूर्व माअाेवादी केन्द्रबाट चयन भएका हुन् ।
यी हुन ३३५ केन्द्रीय सदस्य नामावली सहित