रामकुमार नेपालीलाई रामेछापवासीको स्यावासी



८ कार्तिक, काठमाडौं ।
लोकस्टारको उपाधि चुम्न नसके पनि गायक रामकुमार नेपालीले रामेछाप जिल्लालाई देश विदेशमा चिनाएको भन्दै रामेछापवासीले स्यावासी दिएका छन् । आज भएको अन्तिम प्रतियोगीतामा चौथो स्थान हात पादै दुई लाख राशीको पुरस्कार जित्न सफल हुनुभएका रामकुमार नेपालीलाई आम रामेछापवासीले आगामी दिनमा गायन क्षेत्रमा क्रियाशिल रहन पनि सुझाव दिएका छन् ।

विजेता बन्न नसके पनि रामकुमार नेपालीलाई सामाजिक सञ्जालमा बधाई दिइएको छ । नेपालीले लोकस्टार प्रतियोगीतमा पाँच पटक उत्कृष्ट बन्न सफल भएका छन् । उनले हरेक प्रस्तुतीमा दमदार प्रस्तुती दिएर आम नेपालीको मन जित्न सफल हुनुभएको छ । चौथो हुन सफल हुनुभएका रामकुमार नेपालीले आफू विजेता बन्न नसके पनि दर्शक स्रोताले दिनुभएको मायाको सधै सम्मान गर्दै लोकगीत क्षेत्रमा लागि रहने रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले प्रस्तुतीमा हौसला दिने जर्ज र भोट दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
लोकस्टारमा रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुम्नुभएको छ । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उहाँले ५० लाख नगद पुरस्कार हात पार्नुभएको हो । आज भएको अन्तिम प्रतियोगमा प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ र उदयपुर कटारीका विनोद दनुवारले १० लाख नगद प्राप्त तेस्रो हुन सफल हुनुभयो । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना उपाधि जित्दै दुई लाख जित्न सफल हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्