नेकपा प्रवास समन्वय कमिटीको अध्यक्षमा युवराज चौलागाई
१ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको प्रवास समन्वय कमिटी गठन गरेको छ। प्रवास समन्वय कमिटीको अध्यक्षमा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई चयन भएका छन् । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको हो । प्रवास समन्वय कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सह–इन्चार्जमा लक्ष्मण पन्त र सचिवमा श्रीप्रसाद शाह चयन भएका छन् ।
अध्यक्षमा चयन भएका चौलागाई पूर्व माओवादी केन्द्रका विदेश विभाग सचिव रहनुभएको थियो । पार्टीै एकीकरण भएको डेढ बर्षपछि नेकपाले प्रवास कमिटीलाई पूर्णता दिएको छ ।