प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझन प्रचण्ड अस्पतालमा
१३ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली र प्रचण्डबीच झण्डै पाँच मिनेट कुराकानी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो । प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको जानकारी गराउनुभएको थियो ।
प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा चिकित्सकसँग पनि जानकारी लिनुभएको छ । चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भैरहेको जानकारी गराउदै अझै केहीदिन अस्पतालमै राखिने जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको अपरेशनपछि महारागंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहनुभएको छ । प्रधानमन्त्री ओलीको गत मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा। रमेशसिंह भण्डारीको टोलीले एपेन्डिसाइटिसको अपरेसन गरेका थिए ।