नेकपा रामेछापको पदाधिकारीले पूर्णता पायो (सूचिसहित)



२२ मंसिर, रामेछाप ।
पार्टी एकीकरण भएको वीस महिनापछि नेकपा रामेछापको पदाधिकारीले पूर्णता पाएको छ । पार्टीको सचिवालय बैठकले जिल्ला अध्यक्षमा मैन कुमार मोक्तान र सचिवमा शान्ति पौडेललाई चयन गरेपनि जिल्लाको कार्यालयमा रहने पदाधिकारीको टुंगो लाग्न सकेको थियो । नेकपा रामेछापको बैठकले पदाधिकारीमा पाँच जना थप्ने निर्णय गरेसँगै अब नेकपाको पदाधिकारी सात सदस्यीय भएको छ ।

नेकपा रामेछापले पूर्व एमालेबाट तीन जना र पूर्व माओवादीबाट दुई जना गरी पाँच जनालाई कार्यालय सदस्य बनाउने निर्णय गरेको हो । पदाधिकारीमा प्रेमबहादुर तामाङ, आनन्द श्रेष्ठ, झम्क कंडेल, पेमा लामा र शकंर बोहोरा रहेका रहनुभएको छ । तामाङ यस अघि पूर्व एमाले रामेछापको उपाध्यक्ष, श्रेष्ठ सचिव र कडेल कोषाध्यक्ष रहनुभएको थियो ।

लामा यसअघि पूर्व माओवादीबाट कार्यालय सदस्य र बोहोराले पार्टीको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । नेकपाका सचिव शान्ति पौडेलले पार्टी एकताको बाँकी कामलाई पूर्णता दिनको लागि मंसिर २७ गते जिल्ला कमिटीको बैठक बोलाइएको रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्