नेकपा लिखु तामाकोसी गाउँपालिका र वडा कमिटीले पूर्णता पायो (नामावलीसहित)



८ पुस, रामेछाप ।
नेकपा लिखु तामाकोसी गाउँपालिकाको कमिटीले पूर्णता पाएको छ । पार्टी एकीकहरण भएको डेढ बर्षपछि गाउँकमिटीले पूर्णता पाएको हो । लिखु तामाकोसी गाउँपालिकाको कमिटी ७५ सदस्यीय बनेको छ । गाउँपालिकाको कमिटीमा चयन भएका सदस्यहरुलाई नेकपा रामेछापले सपथ गराएको छ ।

रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान, सचिव शान्ति पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, तीन नम्बर प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ, प्रेम कुमार कार्की लगायतका नेताहरुको सहभागीमा गाउँपालिकाको धोवीमा गाउँ कमिटीका सदस्यहरुले सपथ लिएका हुन् । नेकपाले लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा उद्धब कडेरिया र सचिवमा धुब्र कार्कीलाई यस अघि नै चयन गरिसकेको छ ।

वडा कमिटीको अध्यक्ष र सचिवको पनि टुंगो
लिखु तामाकोसी गाउँपालिकाको कमिटीले गाउँपालिकाको ७ वटै वडाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । वडा नम्बर १ को अध्यक्षमा रविन्द्र पौडेल, सचिवमा अम्बर गुरुङ, वडा नम्बर २ को अध्यक्षमा दुर्गा पौडेल, टिका पौडेल, वडा नम्बर ३ को अध्यक्षमा राजकुमार खडका, अमृत बहादुर तामाङ, वडा नम्बर ४ को अध्यक्षमा ढुण्डिप्रसाद तिमिल्सिना, सचिवमा मोहन नारायण श्रेष्ठ, वड नम्बर ५ को सचिवमा सोम बहादुर तामाङ, सचिवमा दिप बहादुर तामाङ वडा नम्बर ६ को अध्यक्षमा शेर बहादुर थापा, सचिवमा गंगा बहादुर श्रेष्ठ र वडा नम्बर ७ को अध्यक्षमा श्याम नारायण श्रेष्ठ र सचिवमा रविन्द्र कुमार आले चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्