यौन दुव्र्यवहार घटनाः मलाई बलात्कार गरेर दाहालले पैसाको प्रलोभन देखाएः पीडित किशाेरी



२९ पुस, रामेछाप ।
मन्थली नगरपालिकाका एक किशोरीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका रामेछापको मन्थली नगरपालिका–१ का करिब ५५ वर्षका केदार प्रसाद दाहालले आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दिएकी छिन् । मौखिक उजुरीको आधारमा सोमवार दाहाललाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले दाहाललाई थप अनुसन्धान गर्नको लागि अदालतबाट सात दिने म्याद थप गरिएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार आज पीडित किशोरीले आफूमाथि दाहालले यौन दुव्र्यवहार गरेको लिखित उजुरी दिएकी छन् ।
पीडित किशोरीले कोठा थुनेर जबरजस्ती करणी गरेको र जबरजस्ती करणी गरेपछि पैसा दिएर मिलाउने प्रलोभन दिएको आरोप लगाएकी छिन् । आफू बलत्कृत भएको कुरा पीडित किशोरीले परिवारमा जानकारी गराएकी थिइन । त्यस लगत्तै पीडित परिवारले प्रहरीमा मौखिक उजुरी दिएको थियो । डिएसपी पाठकले दुवैको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको र घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्