रामेछापभित्र गुण्डागर्दी हुन दिन्नः डिएसपी पाठक



५ माघ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले जिल्लाभित्र कुनै पनि प्रकारको गुन्डागर्दी हुन नदिने बताउनुभएको छ । उहाँले जिल्लाभित्र शान्ति सुरक्षा मजबुद्ध बनाउने कार्यमा प्रतिबद्ध भएर लागेको बताउदै जिल्लाभित्र कुनै पनि प्रकारको गुण्डागर्दी हुन नदिने बताउनुभएको हो ।
प्रमुख पाठकले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाभित्रको शान्ति सुरक्षा थप मजबुद्ध बनाउन सिसी क्यामेरा जडान र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउछु ।’ समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्नको लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम राम्रो बनेको बताउदै जिल्लाको ८ वटा स्थानीय तह र ६४ वटाभित्र नै साझेदारी कार्यक्रमलाई निरन्तरता दिने प्रमुख पाठकले बताउनुभयो ।
जिल्लाभित्र कानुन विपरीत सञ्चालन हुने नदीजन्य उत्खननको काम रोक्ने बताउदै उहाँले जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुद्ध बनाउने बताउनुभयो । प्रहरी प्रमुख पाठकले राजनीतिक दबाबमा काम नगर्ने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्