सभामुखमा सापकोटा सर्वसम्मत निर्वाचित (भिडियाेसहित)



१२ माघ, काठमाडौं ।
प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । रित्त सभामुख सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको हो । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको थियो । सभामुखमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले उम्मेदवारी नदिएपछि सापकोटाको मात्र एकल उम्मेदवारी परेको थियो ।
बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम अगाडि बढाउने विश्वासका साथ सापकोटालाई सभामुखको प्रस्ताव गरिएको बताउनुभयो । नेकपा संसद दलका उपनेता समेत रहनुभएका नेम्वाङले सभामुखको लागि सापकोटाको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त देखिएको बताउनुभयो ।
नेम्वाङको प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र ओनसरी घर्ती तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गर्नुभएको थियो । सापकोटाको प्रस्वावमाथि समर्थन गर्दै पूर्व सभामुख समेत रहनुभएका घर्तीले सापकोटाको एकमात्र उम्मेदवारी पर्नुले सहमतिको वातावरण बनेको बताउदै शान्ति प्रक्रियाका बाँकी काम तथा राष्ट्रिय मामिलाका विषयमा काम गर्न सहज विश्वास व्यक्त गर्नुभयो । सापकोटा राजनीतिमा इमान्दार र निष्ठावान् नेता रहेको बताउदै भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ विश्वास व्यक्त गर्नुभयो ।

यसाे भने सापकाेटाले भिडियाे

प्रतिक्रिया दिनुहोस्