रामेछापमा एनसेलको टावरमा आगो लगाइयो



१३ माघ, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–७ थापागाउँमा रहेको एनसेलको टावरमाथि अज्ञात समुहले आगो लगाइ दिएको छ । आगजनीको कारण टावरबाट प्रवाह हुने सेवा अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले विप्लव समुहले टावरमा आगजनी गरेको बताउदै अनुसन्धान प्रक्रिया अगाडि बढाइको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार ऐनसेलको टावरसँगै रहेको जेनेटर सहित अन्य उपकरणहरुमा आगो लगाएको कारण सेवा अवरुद्ध भएको छ । टावरमा आगो लगाइएपछि दोरम्बाका विभिन्न ठाउँमा ऐनसेलबाट प्रवाह हुने सेवा अबरुद्ध हुन पुगेको छ । यस अघि पनि दोरम्बा गाउँपालिकाभित्र रहेको एनसेलको टावरमाथि अज्ञात समुहले आगजनी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्