सञ्चारमन्त्री बाँस्कोटाले राजिनामा दिने



८ फागुन, काठमाडौं । सेक्युरेटी प्रेस खरिद प्रकरणमा घुस मागेको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजिनामा दिने भएका छन् । विवादास्पद घुस प्रकरणमा जोडिएपछि बाँस्काटाले नैतिकताको आधारमा राजिनामा दिन लागेका हुन् । बाँकस्कोटाको अडियो प्रकरणको बारेमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

छलफलमा बाँस्कोटालाई राजिनामा दिने लगाउने सहमति भएको वालुवाटार स्रोतले बताएको छ । मन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् । मन्त्री बाँस्कोटाले काठमाडौं बाहिर रहेको र आउना साथ प्रधानमन्त्रीलाई भेटन बालुवाटार जाने भएका छन् । प्रधानमन्त्रीसँग छलफल लगत्तै उहाँले राजिनामा दिने बताइएको छ । यता सञ्चार मन्त्री बाँस्कोटाले राजिनामा दिनु पर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अबरुद्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्