भ्रष्टाचार अन्त्यको लागि लडदै आएको छुः प्रधानमन्त्री ओली
८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यको लागि आफू लडदै आएको बताउनुभएको छ । उहाँले सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगरी गतल काम गर्नेलाई कारवाही हुने बताउनुभएको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिनुभयो ।
सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ, उहाँले भन्नुभयो । सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही घन्टापछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।