रामेछापवासीलाई कुलमानको आग्रह–बिजुली नपुगे तत्काल खबर गर्नुहोस



१९ पुस, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सबै स्थानीय तहको टोलटोलमा यसै बर्ष विद्युतीकरण हुने बताउनुभएको छ । उहाँले यस आर्थिक बर्षभित्र रामेछापलाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गर्न लागिएको बताउनुभएको हो । विद्युत प्राधिकरण र विश्व बैंकको सहयोगमा रामेछाप जिल्लाभित्र विद्युतीकरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । कुलमानको पहलमा रामेछापमा विद्युतीकरणको काम धमाधम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले रामेछाप न्युजसँग भन्नुभयो,‘यस आर्थिक बर्षभित्र रामेछापलाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गदैछौ, कही कतै विद्युत नपुगेको अवस्थामा विद्युत प्राधिकरण कार्यालय रामेछापमा तत्काल खबर गर्नुहोस ।’ नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्