रामेछापका ३२ जना बेपत्ताको सूचीमा (नामावलीसहित)
४ चैत्र, काठमाडौं ।
रामेछाप जिल्लाका ३२ जना वेपत्तामा रहेको सूची सार्वजनिक भएको छ । शसस्त्र द्धन्द्धको क्रममा वेपत्ता पारितका व्यक्तिहरुको खोजीविन गर्न गठित वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले जिल्लाका ३२ जना बेपत्तामा रहेको सूची सार्वजनिक गरेको हो । आयोगका अनुसार द्धन्द्धको क्रममा वेपत्ताको सूचीमा २ हजार ५ सय ६ जना रहेका छन् ।
आयोगले सार्वजनिक गरेको नामावलीमा पूर्ण र आशिंक रुपमा बेपत्ता पारिएका व्यक्तिहरुको सूचीमा रामेछापका ३२ जना रहेको छन् । आयोगका प्रवक्ता ईश्वरी प्रसाद ढकालले बेपत्ता पारिएका व्यक्तिबारे केही सूचना भए आयोगको कार्यालय ललितपूरको पुल्चोकमा आएर सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले द्धन्द्धको क्रममा वेपत्ता पारिएका व्यक्तिहरुको नामावली सार्वजनक गरेका छौ, यदी केही कारणले नाम छुटेको लागेमा आयोगमा सम्पर्क गर्नुहोस ।’
बेपत्ताको सूचीमा काे–काे ? (नामावलीसहित)