काठमाडौंमा एक जना कोरोना भाइरस संक्रमित बिरामी भेटिएको पुष्टि
१० चैत्र, काठमाडौं ।
काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । १९ वर्षीय ती युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले बताउनुभयो । उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताउनुभयो । यसअघि चीनबाट आएका एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनी भने उपचारपछि स्वस्थ भइसकेका छन् ।
पत्रकार सम्मेलन भिडियाे साभारः न्युज एजेन्सी नेपाल
https://www.facebook.com/sabin.dhamala/videos/3077905222233660/?__tn__=%2CdC-R-R&eid=ARATYHTsGh_65F1DhPqvwJSRB337yHiNNBCLpnRhCF64Sws6T2R3pRBBP1TTtDv9UYAnWd3g-KrYVcen&hc_ref=ARRzpUcrJoAqi949VKotBBW6bmH-gvwulAytcpL8ZvegZBfU7wP4Bvb1g4RG4rzlJ_w&fref=nf