सुनापती खाँडादेवी र दोरम्बा गाउँपालिकाद्धारा संयुक्त अपिल जारी (विज्ञप्तीसहित)
१२ चैत्र, रामेछाप ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन रामेछापका तीन गाउँपालिकाले संयुक्त रुपमा अगाडि बढने निर्णय गरेका छन् । सुनापती, दोरम्बा र खाँडादेवी गाउँपालिकाले सीमा नाकामा संयुक्त हेल्थ डेक्स सञ्चालन गरेर राजधानी काठमाडौं र सदरमुकाम मन्थलीबाट गाउँपालिका प्रवेश गर्नेहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।
दोरम्बा गाउँपालिकामा डाक्टर सहितको अस्पताल सञ्चालनमा रहेको छ भने सुनापती र खाँडादेवी गाउँपालिकाभित्र भने डाक्टर सहितको स्वास्थ्य सेवा छैन् । विपद्को अवस्थामा शहरबाट गाउँपालिकामा आउनु राम्रो भएको बताउदै तीन वटै गाउँपालिकाले अनावश्यक भिडभाड र भोजभतेर नगर्न पनि गाउँपालिकावासीमा आग्रह गरेको छ ।
सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान सहित तीन वटै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखहरुको संयुक्त बैठकले गाउँपालिकाभित्र भिडभाड नगरी घरभित्र नै बस्न अपिल गरेको छ ।
तीन गाउँपालिकाद्धारा स्थायवासीहरमा जारी गरिएको संयुक्त विज्ञप्तीम भनिएको छ, हालै मात्र गाउँगाउँमा आएर स्थानीय स्तरमा जमघट भइ खसी बोका राँगा काटी भोजभतेर गर्ने, खुलकुद प्रतियोगीता आयोजना गर्ने जस्ता क्रियाकलपा गर्ने गरेको पाइएकाले उक्त कार्य तत्काल बन्द गरी विपद्को यस संवेदशिल अवस्थामा घरभित्र नै बस्नको लागि आग्रह गरिएको छ । हालैको दिनमा विभिन्न विदेशबाट नेपाल आएर गाउँ आएका व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सामाजिक दबाब सृजना र सामाजिक निगरानी बढाउन पनि विज्ञप्ती मार्फत अपिल गरिएको छ ।