थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय



१६ चैत्र, काठमाडाैं ।
सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो । तर मन्त्रीपरिषद्को बैठक आठ दिनको लागि मात्र निर्णय गरेको कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्