रामेछापमा विदेशबाट आएका व्यक्तिलाई खोज्दै क्वारेन्टाइनमा राख्दै
१७ चैत्र, रामेछाप ।
विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रामेछाप जिल्लाभित्र फैलिन नदिन जिल्लाको आठ वटै स्थानीय तह सक्रिय भएर लागेका छन् । स्थानीय तहले सम्भावित कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर विदेशबाट आउने व्यक्तिहरुको पहिचान गरेर अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने कामलाई तीब्र बनाएको छ ।
जिल्लामा विभिन्न देशबाट आएका ७७ जना व्यक्तिहरुलाई स्थानीय तहले तयार गरेको क्वारेन्टाइनको साथै होम क्वारेन्टामा समेत राखिएको छ । जिल्ल स्वास्थ कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार सोमबार साझसम्म सुनापती गाउँपालिकामा १२ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ८ जना, खाँडादेवी गाउँपालिकामा ११ जना गोकुलगंगा गाउँपालिकामा १० जना, रामेछाप नगरपालिकामा २१ जना, लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
७७ जना मध्ये ६७ जना होम क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा राखिएको कर्णले बताउनुभयो । विदेशबाट आएर पनि होम क्वारेन्टाइनमा नबस्नेहरु माथि स्थानीय सरकारले अनिवार्य रुपमा बस्न आग्रह गरेको छ ।